कालिमन्युज, कालेबुङ, अप्रिल २८, २०२५ : भारतको मौसम विभाग (IMD) अन्तर्गत क्षेत्रीय मौसम केन्द्र, अलीपुर, कोलकाताले आगामी केही दिनहरूकालागि पश्चिम बंगालभरि मेघगर्जनसहितको हावाहुरी, चट्याङ्ग, र असिना वर्षाको सम्भावना रहेको विस्तृत मौसम पूर्वानुमान जारी गरेको छ।
सोमबार, अप्रिल २८: गांगेय पश्चिम बंगालका केही भागहरूमा गम्भीर मौसम परिस्थितिहरू देखापर्न सक्नेछ। झारग्राम, पश्चिम मेदिनीपुर र पुरुलिया जिल्लाहरूमा एक वा दुई स्थानमा असिना वर्षा हुने सम्भावना छ।
६०–७० किलोमिटर प्रतिघण्टासम्मको वेगमा चल्ने हावासहितको मेघगर्जन र चट्याङ्गनदिया, उत्तर २४ परगना, हुगली, पूर्व बर्दवान र पश्चिम मेदिनीपुर जिल्लाहरूमा हुन सक्नेछ। गांगेय पश्चिम बंगालका अन्य जिल्लाहरूमा पनि ५०–६० किमि/घण्टाको वेगमा हावाहुरीसहितको मेघगर्जन हुने सम्भावना छ।
त्यसैगरी, उप-हिमालयन पश्चिम बंगाल क्षेत्रमा ४०–५० किमि/घण्टाको गतिमा हावा र चट्याङ्गसहितको मेघगर्जनको सम्भावना छ।
मंगलबार, अप्रिल २९ : गांगेय पश्चिम बंगालका सबै जिल्लाहरूमा ४०–५० किमि/घण्टाको गतिमाहावा र चट्याङ्गसहित व्यापक मेघगर्जन जारी रहने पूर्वानुमान गरिएको छ। उप-हिमालयन क्षेत्रका जिल्लाहरूमा ३०–४० किमि/घण्टाको हावा चल्न सक्नेछ।
बुधबार, अप्रिल ३० : नयाँ चरणको मेघगर्जन दुबै क्षेत्रहरूमा फैलिन सक्नेछ। पूर्व र पश्चिम मेदिनीपुर, झारग्राम, बांकुरा, पुरुलिया, पश्चिम बर्दवान, वीरभूम र मुर्शिदाबाद (गांगेय क्षेत्र) प्रभावित हुने सम्भावना छ। उप-हिमालयन क्षेत्रमा दार्जिलिङ, कालिम्पोङ र जलपाईगुड़ीमा पनि हावाहुरीसहितको खराब मौसमको पूर्वानुमान गरिएको छ।
बिहीबार, मई १ : गांगेय पश्चिम बंगालका सबै जिल्लाहरूमा ४०–५० किमि/घण्टाको गतिमा हावा र मेघगर्जनको सम्भावना कायम रहनेछ।
शुक्रबार, मई २ : उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, हुगली, साथै मालदा, उत्तर र दक्षिण दिनाजपुर (उप-हिमालयन क्षेत्र) मा तीव्र हावाहुरीसहितको मेघगर्जनको सम्भावना छ। अन्य जिल्लाहरूमा पनि ३०–४० किमि/घण्टाको गतिमाहावासहित हल्का मेघगर्जन हुन सक्छ।
शनिबार र आइतबार, मई ३–४ : यस अवधिमा मौसममा सुधार आउने अपेक्षा गरिएको छ, र कुनै विशेष मौसमी घटना हुने सम्भावना छैन।