२४ अप्रेल २०२५ : हिन्दू भएकै कारण भारतको जम्मु कश्मिरमा नेपाली सुदीप न्यौपानेको आतंकवादीहरुद्वारा हत्या भएको छ | घरको एक्लो छोरा बुटवलका सत्ताइस वर्षीय सुदीप शनिबार मात्रै आमा रिना न्यौपाने, बहिनी सुष्मा न्यौपाने र ज्वाइँ युवराजसहित घुम्नका लागि भारतको जम्मु कश्मिर पहलगाममा पुगेका थिए|
उनीहरु पुगेकै दिन पहलगाममा आतंकवादीहरुले पर्यटकमाथि उनीहरुको नाम र धर्मका बारेमा सोध्दै गोली हानेका थिए | द रेजीस्टेन्ट फ्रन्ट नामक आतंकवादीको आक्रमणमा अठ्ठाइस जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् |
मारिनेहरुको सूचीमा नेपाली सुदीप पनि रहेको सरकारी निकायहरूले नै पुष्टि गरेका छन् | घटनास्थलमा सुदीपको सवारी लाइसेन्स भेटिएपछि उनको पहिचान खुलेको थियो.| उनको हजुर आमा बाबुहरु भने अहिले पनि बुटवल १४ बेलभरियामा बस्दै आएका छन् | नातिको हत्या भएको खबर सुनेपछि वृद्ध हजुरआमा शोकमग्न छन्.
सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकालि गाउँपालिका वडा नम्बर ४ हो | सामाजिक सेवामा समेत सक्रिय रहेका सूदीपले एचएको अध्ययन पूरा गरेपछि काठमाडौंबाट बीपीएच अध्ययन गरेका थिए | पछिल्लो समय उनी बुटवलको आधुनिक समाज डेन्टलसँग जोडिएर मुखको स्वास्थ्य सम्बन्धी अभियान परियोजनामा काम गरिरहेका थिए |.सुदीपका काका समेत रहेका बुटवल १४ का कार्यवाहक वडाध्यक्ष रामचन्द्रअनुसार उनलाई सँगै रहेका ज्वाईले दाइलाई बचाउन नसकेको भन्दै आज बिहान मात्रै भवाइस म्यासेज छोडेका थिए | उनका अनुसार सुदीपकी आमा बहिनी र ज्वाई भागेर ज्यान जोगाएका छन् | सुदीपलाई हात र छातीमा गोली हानेर हात्या गरिएको थियो |
उनका काका भन्छन – आमा, छोरा, छोरी र ज्वाइँ ४ जना परिवार गएको जानकारी पाई राखेको थिएँ. अनि त्यहाँ जम्मू कश्मीरमा त्यहाँका आतंकवादीले के तरिकाले हाने, बाबुलाई गोली लागेर त्यही घटनास्थलमा उहाँको यस्तो अन्त्य भएको भन्ने कुरा बुझेको छु|
रामचन्द्रका अनुसार सुदीप समाज सेवामा समेत सक्रिय थिए | परिवारसहित भ्रमणमा गएका बेला आतङ्ककारीबाट भएको बर्बर हत्याले परिवार शोकमग्न भएको बताउँछन् | .उनी भन्छन – वहाँ बाबु साह्रै सुशील, साह्रै राम्रो बानी बेहोराको हुनुहुन्थ्यो | यो १४ नम्बर वार्डमा यो घटना घट्दा खेरि हामी यो १४ नम्बर बासीलाई साह्रै ठूलो पीडा परेको छ | पिरमा छौ. हामी शोकाकुल अवस्थामा छौ र उहाँको आत्माले शान्ति पाओस् |
उनी अझै भन्छन- उहाँको आर्थिक अवस्था पनि त्यति साह्रै राम्रो नभएको हुँदाखेरी यो वार्डदेखि लिएर हाम्रो नेपाल सरकारले, उहाँको जुन घटना घटेको छ, त्यसमा राम्रोसँग ध्यान दिएर.उहाँलाई, जे जति, जे जस्तो सहयोग गर्न मिल्छ त्यो गरिदिन्छ भन्ने यो १४ नम्बर वार्ड बासी र मसहित सबै ढुक्क रहेका छौँ |
सुदीपको शव बुधबार साझ काठमाण्डौ ल्याइ पुर्याउने कुरा छ भने उनकी आमासहित बहिनी र ज्वाईं पनि बुधबार नेपाल फर्किदै छन् |
सुदीपका बुवा ध्रुव न्यौपाने शिक्षक हुन् | उनी मंगलबारसम्म काठमाडौं कै शिक्षक आन्दोलनमा सहभागी थिए |काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनमा सहभागी भएर बुटवल फर्किने क्रममा उनले जम्मु कश्मीरमा छोराको हत्या भएको खबर सुनेका थिए |
उनका पिता भन्छन- म बाटोमा यात्रा गर्दा जसै भिन्न व्यक्तिको फोन आइरहेको हुनाले केही घटना घटेको हो कि भन्ने शंका लागेर मोबाइलको स्क्रिन तानेर हेर्दा घटना घटेको, छोराको नावै देखियो त्यसैबाट थाहा भयो | तैपनि अरु नै हुन सक्छ कि भन्ने मन दह्रो बनाए. यहाँ घरसम्म आइपुगे |
उनी बुटवल १८ स्थित भवानी माविका शिक्षक हुन.|
पिता ध्रुव भन्छन – एक महिना अघि आएर ढोगभेट भएर सम्वाद भाथ्यो अनि केही काम छ कि भन्दा केही काम छैन त्यसै भेटघाट गर्न आएको भन्ने कुरा भाथ्यो दुई तीन मिनट भन्दा बडी होइन | अनि के काम छ कि भनेको काम छैन. यसै भेट्ने भन्ने कुरा भाथ्यो र २ -३ मिनेट हुँदा बढी बसेको होइन. २ -३ मिनेटमै त्यो संवाद गरेर निस्किसकेको हुन् |
शव ल्याउने कुरामा संघ संस्थाहरु अथवा विभिन्न.राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुले त्यसमा सहयोग गर्लान् | त्यहाँ सम्पर्क पनि छैन. मलाई त्यहाँ कुनै व्यक्तिसँग जानकारी दिन चाहिँ कसरी गर्ने भन्ने. .गर्नसक्ने कुरा भएन. विभिन्न संस्थाहरूबाट चाहिँ शव ल्याउने प्रयास भइरहेको जानकारी पाएकोछु |
सुदीपको बाबु आमाको सम्बन्ध विच्छेद भएपछी सुदीप आमासंगे कालिकानगर वार्ड नम्बर ११ बुटवलमा बस्थे | आज तिनको शव दिल्ली लखनौ हुदै बुटवल ल्याइपुर्यायो अनि आजै त्रिवेणी घाटमा अन्त्येष्टी गरियो अनि काका कपिलदेव न्यौपानेले दागवत्ती दिए |